Trekking Buzz

Nepal Trekking Company
  • Latest News

    Wednesday, October 29, 2014

    पश्चिमाञ्चललाई केन्द्र बनाएर नयाँ पर्यटकीय पदमार्ग

    Lumbini Cultural Heritage Tour
    Lumbini Cultural Heritage Tour

    बागलुङ-धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यलाई जोड्ने गरी पश्चिमाञ्चललाई केन्द्रमा राखेर नयाँ पदमार्ग सम्भावना उजागर भएको छ। हिमशंृखलासँगै प्राकृतिक, धार्मिक सम्पदालाई जोड्न मुस्ताङको लोमान्थाङदेखि लुम्बिनीसम्म र पोखराको फेवातालदेखि रारातालसम्मको पदयात्राको पहिचान गरिएको हो। नेपाल पर्यटन बोर्डले ‘लोलुफेरा' (लोमान्थाङ–लुम्बिनी, फेवाताल–राराताल) पदयात्राको प्रारम्भिक खाका सार्वजनिक गरेको छ।

    Pokhara Nature Tour
    Pokhara Nature Tour

    प्राकृतिक सौन्दर्य, हिमशृंखला, कला, संस्कृतिमा रमाउने पश्चिमा पर्यटकसहित चीनका बौद्धमार्गीलाई लुम्बिनी र भारतका हिन्दुलाई कालीगण्डकी नदीको किनारबाट मुक्तिनाथ पुर्यामउन नयाँ पदमार्ग तयार गरिएको हो।

    Muktinath Temple Hindu Pilgrimage Site
    Muktinath Temple Hindu Pilgrimage Site

    सो पदमार्गमा पश्चिमाञ्चलका कास्की, पर्वत, बागलुङ, मुस्ताङ, गुल्मी, पाल्पा, रुपन्देहीसहित सुदुरपश्चिमका डोल्पा, मुगु, जुम्लाका पर्यटकीय गन्तव्य जोड्न लागिएको हो। प्रस्तावित पदयात्रा पोखराको फेवाताल देखी पुम्दी–भुम्दी, रानीवन, बौद्ध स्तुपा, पञ्चासे, पर्वत तिलाहार, कुश्मा बजार, बागलुङ बलेवा विमानस्थल, अमलाचौर भैरबस्थान, भकुण्डे, सिगाना दुरमारे, रेश, दमेक, लेखानी गाजा दह, धुरी, विहुँ, थामनेटा, घोडाबाँधे, शिव लेक, अर्गल थाम्डाँडा, गल्कोट घुम्टेधुरी, पाण्डबखानी, रणसिंहकिटेनी, भिमगिठे, थामाचौर, अधिकारीचौर, खुंगा, बोबाङ, ढोरपाटन हुँदै रारा ताल, डोल्पासँग पुग्नेछ। बागलुङको उत्तरगंगादेखि म्याग्दी गुर्जा, मुना, नाउरभिर, मुदी, सिङकोष बगर, धौलागिरी बेस क्याम्प, इटालियन बेसक्याम्प, मुस्ताङ लेते, मार्फा, जोमसोम, मुक्तिनाथ, मनाङबाट पोखरा जाने पदमार्ग यसमा समावेश गरिएको छ। त्यस्तै लोमान्थाङ लुम्बिनी अन्तर्गत कोरला नाका, लोमान्थाङ, जोामसोम, मार्फाता, लेते, भुरुङ तातोपानी म्याग्दी, गलेश्वर, बेनी, बागलुङ बजार, कालिका भगवती मन्दिर, कुश्मा बजार, बागलुङ जैमुनीघाट, जैदी, छिस्ती, गुल्मी रिडी, देवदह हुँदै शान्तिनगर लुम्बिनीलाई पदमार्गमा प्रस्ताव गरिएको छ।

    Jomsom Muktinath Trekking
    Jomsom Muktinath Trekking

    लोलुफेरा अभियानका संयोजक कृष्ण केसी नेतृत्वको टोलीले प्रस्तावित पदमार्गमा ७५ दिन पैदल यात्रा गरेर मंगलबार बागलुङ आइपुगेको छ। आरके अदप्ति गिरी, टेकबहादुर गुरुङ सहित टोलीले अब गुल्मी, पाल्पा हुँदै लुम्बिनी पुग्ने जनाएको छ। गत भदौ १ गते पोखरामा राष्ट्रपति रामबरण यादबले सो अभियानको शुभारम्भ गरेका थिए। सो मार्गअन्तर्गत कालीगण्डकी किनारमा हरेक दुई तीन किलोमिटरमा मठमन्दिर रहेकोले त्यसले भारतीय हिन्दुलाई आकर्षित गर्नेछ। विश्वमा ख्याती कमाएको शालिग्राम सिला समेत नदीमा पाइने भएकोले यसको महत्व थप बढिरहेको छ। सो मार्गमा पर्ने मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर, बागलुङको कालिका मन्दिर, पर्वतको गुप्तेश्वर, विश्वकै ठूलो मानिएको पर्वत, स्याङ्जाको संगमा पर्ने सेतिवेणीको शिला थप आकर्षण हुन्। सो प्याकेजमा पदयात्रासँग कालीगण्डकीमा र्यााफ्िटङसमेत जोड्न सकिनेछ। भारतीय हिन्दु र चिनियाँ बौद्ध पर्यटकलाई जोड्न ल्ाोमान्थाङ— लुम्बिनीलाई जोड्न नयाँ पर्यटन मार्ग उपयुक्त हुने अभियन्ता केसीले बताए। ‘सरकारले नयाँ पर्यटकीय गुरुयोजना बनाउन आवश्यक छ,' केसीले भने, ‘यो मार्गले धार्मिक पर्यटनलाई पनि टेवा पुग्छ।' सो मार्गमा तालहरु, हिमशृंखला, विभिन्न जात जातिको संस्कृति, सिकार खेल्ने, धार्मिक स्थल लगायतका विशिष्टता छ। भारतीय पर्यटक सो मार्गबाट मुक्तिनाथ पुग्नेछन् भने चिनियाँ बौद्धमार्गी लुम्बिनी पुग्न सक्नेछन्। त्यसले मुलुकको पर्यटनको विकाससँगै आर्थिक समृद्धिमा टेवा पुर्याकउने विश्वास गरिएको छ ।

    Annapurna Circuit Trekking
    Annapurna Circuit Trekking

    सो टोलीलाई बागलुङमा उद्योग वाणिज्य संघले स्वागत गर्दै यो पदयात्राले ‘नयाँ पर्यटकीय गन्तव्य'को पहिचान गर्न टेवा पुगेको बताए। पश्चिमाञ्चलमा अन्नपूर्ण फेरो र पोखरा आसपासमा पर्यटक केन्द्रित रहेको अवस्थामा यो पदमार्गले पर्यटन विकासमा थप टेवा पुग्ने संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताए। ‘प्रचुर सम्भावना रहेर पनि ओझेलमा परेका गन्तव्यलाई यसले उजागर गरेको छ,' अध्यक्ष श्रेष्ठले भने, ‘यो पदमार्ग कार्यान्वयनमा ल्याउन आवश्यक छ।'

    Rara Lake Trekking
    Rara Lake Trekking

    नयाँ पर्यटकीय गन्तव्यको पहिचानले विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने पर्यटन व्यवसायी सुमेगा टुर्स एन्ड ट्राभल्सका निर्देशक मेघ केसीले बताए। ‘विदेशीले नयाँ गन्तव्यको खोजी गरेका हुन्छन्,' केसीले भने, ‘नयाँ प्याकेज अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचार गरेर पर्यटक आकर्षित गर्न सकिन्छ।'

    - समाचार: नागरिक
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पश्चिमाञ्चललाई केन्द्र बनाएर नयाँ पर्यटकीय पदमार्ग Rating: 5 Reviewed By: SEO Expert in Nepal