Trekking Buzz

Nepal Trekking Company
  • Latest News

    Friday, August 1, 2014

    छायांकन गन्तव्य बन्दै नेपाल

    Flag of Nepal
    pokhara annapurna range
    Pokhara Villages

    काठमाडौं- विदेशी चलचित्र, वृत्तचित्र (डकुमेन्ट्री) का लागि नेपाल गन्तव्य बन्दै गइरहेको छ। हलिउड, बलिउडका चलचित्र छायांकन गर्नमात्र नभई नेपालमा पछिल्लो पटक विदेशी प्रख्यात ब्रान्डका विज्ञापनसमेत सुटिङ हुन थालेका छन्।

    Kathmandu Valley Road


    गत आर्थिक वर्ष २०७०/७१ मा नेपालमा ७८ वटा कथानक चलचित्र, विज्ञापन डकुमेन्ट्री छायांकन भएका छन्। सूचना तथा सञ्चार मन्त्रालयको श्रव्यदृश्य शाखाका अनुसार अनुमति लिएर ७८ वटा विदेशी चलचित्र र विज्ञापन मुलुकका विभिन्न भागमा छायांकन भएका थिए।

    Hollywood movie industry


    यसअन्तर्गत सरकारले विदेशी फिल्मबाट गत आर्थिक वर्ष ३१ लाख ७० हजार रुपैयाँ आम्दानी पनि गरेको छ। सरकारले विदेशी चलचित्र, डकुमेन्ट्री तथा विज्ञापन छायांकन गर्न अनुमति शुल्कवापत १५ हजार रुपैयाँ लिने गरेको छ। त्यस्तै माथिल्लो डोल्पा र माथिल्लो मनाङमा सुटिङ गर्नका लागि अनुमति शुल्क थप ५ हजार अमेरिकी डलर (करिब ५ लाख रुपैयाँ) लाग्ने प्रावधान छ। गत वर्ष चारवटा डकुमेन्ट्रीले थप ५ हजार डलर तिरेर माथिल्लो मनाङ र माथिल्लो डोल्पामा छायांकन गरेका थिए।

    Trekking to Everest base Camp


    अघिल्लो आर्थिक वर्ष हलिउड चलचित्र 'एभरेस्ट' देखि विश्वप्रख्यात अटोमोबाइल ब्रान्ड फक्सवागनको टिगुआन गाडीको विज्ञापन पनि नेपालममै छायांकन भएका थियो। ५९ सेकेन्ड लामो विज्ञापनमा काठमाडौं, भक्तपुर र ललितपुरका दृश्य समावेश गरिएका छन्। मे २९ मा छायांकन गरिएको विज्ञापन चिनियाँ भाषामा छ। त्यस्तै हलिउड चलचित्र एभरेस्टको छायांकन सर्वोच्च शिखर सगरमाथा वरिपरि गरिएको थियो। त्यसैगरी तेलगु चलचित्र 'यभादु सुब्रमणियम', हिब्रु भाषाको चलचित्र 'रुफ अफ द वर्ल्ड' पनि छायांकन भएका थिए।

    Boudha Stupa world heritage sites of nepal for movie shooting


    सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले मुलुकमा पछिल्लो पटक विदेशी चलचित्र छायांकन गर्ने क्रम बढिरहेको बताए। 'सरकारले नेपाललाई सिनेमा पर्यटनसँग जोडेर अझ प्रचार–प्रसार गर्ने योजना बनाइरहेको छ,' उनले बुधबार नागरिकसँग भने, 'त्यहीअनुसार हाम्रा प्राकृतिक सुन्दरतालाई प्रवर्द्धन गर्दै जान्छौं।'

    Kathmandu Durbar Square movie Shooting
    मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, पोखरा, सगरमाथा क्षेत्र, डोल्पा, मुस्ताङ, मनाङ, लुक्ला, बागलुङ, बेनीलगायत क्षेत्रमा छायांकन हुने गरेका छन्। यहाँ अंग्रेजीका साथै फ्रान्सेली, जर्मन, डच, जापानी, डेनिस, स्विडिस, इन्डोनेसियाली, हिन्दी, हिब्रुलगायत भाषाका डकुमेन्ट्री तथा चलचित्र छायांकन हुने गरेका छन्।

    निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ नेपाललाई प्राकृतिक सेटको अवधारणा विकास गरेर अन्तर्राष्ट्रिय चलचित्रको गन्तव्य बनाउन सकिने बताउँछन्। 'सरकारले फिल्मसिटीको अवधारणा भन्दा भइरहेका प्राकृतिक कुरालाई नै खुलासेटमा विकास गरियो भने छोटो समयमा धेरै लाभ लिन सकिन्छ,' उनले भने, 'विदशी युनिट आउँदा यहाँ खर्च गरेको रकमको कर फिर्ता गरेर पनि आकर्षण बढाउन सकिन्छ।' नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र गन्तव्य बनाउन चलचित्र नीतिको छलफलमा पनि कुरा उठाएको उनले बताए। 'दुई छिमेकी चीन र भारतको बजारमात्र लक्ष्य गर्ने हो भने पनि हामीले ठूलो फाइदा लिन सक्छौं,' उनले भने, 'त्यसमाथि भारतका क्षेत्रीय बजारबाट पनि प्रशस्त फाइदा लिन सकिन्छ। सिनेमालाई पर्यटनसँग जोड्न सक्नुपर्छ, हाम्रा प्राकृतिक सम्पदा विदेशी क्यामेरामा कैद भए भने विदेशी पर्यटक पनि ह्वात्तै बढ्ने निश्चित छ।'

    Bhaktapur Sightseeing Tour


    दुई वर्षअघि नेपालमा चिनियाँ चलचित्र 'अप इन द विन्ड' पनि छायांकन भएको थियो। त्यसअघि एरिक भ्यालीले 'क्याराभान' चलचित्रलाई डोल्पाको दृश्यमा उतारेका थिए। ओस्कार अवार्डमा मनोनित उक्त चलचित्रले नेपालको पर्यटन उद्योगमा पनि फाइदा पुर्‍याएको थियो।

    Dhampus hollywood Movie Shooting place


    बलिउड कलाकार अमिताभ बच्चनले खेलेको चलचित्र 'खुदागवा' देखि हलिउडको 'लिटिल बुद्ध', 'द गोल्डेन चाइल्ड', 'द विन्ड हर्स', 'रेड कर्नर' लगायत चलचित्रले नेपाली भूभागलाई कैद गर्दै संसारभर पुर्यानइसकेका छन्। त्यस्तै भारतीय चलचित्र 'हरे रामा हरे कृष्ण', 'युद्ध', 'घरवाली बाहरवाली', 'महान', 'लभ इन नेपाल', 'एक हसिना एक दिवाना', 'बेकाबु' लगायत पनि यहीँ छायांकन भएका हुन्।

    Mount Everest Base Camp Trekking


    त्यसैगरी हङकङको चलचित्र 'बोधी ड्रामा', 'क्यु वा', फ्रान्सको 'फियोर डेले मिली इ युना नोट्ट', 'द कन्क्वेस्ट अफ एभरेस्ट' लगायत चलचित्रले पनि नेपाल देखाइसकेका छन्। त्यस्तै स्पेनी चलचित्र 'काठमाडौं मिरर इन द स्काइ' ले पनि नेपालको सुन्दरतालाई सुन्दर ढंगले सिनेमामा उतारेको छ।

    - समाचार: नागरिक
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: छायांकन गन्तव्य बन्दै नेपाल Rating: 5 Reviewed By: SEO Expert in Nepal