Trekking Buzz

Nepal Trekking Company
  • Latest News

    Friday, August 1, 2014

    पोखरामा एकवर्षमा २३ नयाँ होटल थपिए


    पोखरामा पछिल्लो एकवर्षमा मात्र करिब दुईदर्जन नयाँ होटल थपिएका छन्। पर्यटक आगमन सुधारोन्मुख हुँदै गएको भन्दै पर्यटन व्यवसायीले यो क्षेत्रमा धमाधम लगानी बढाएका हुन्।

    Hotels in Pokhara
    Pokhara Phewa Lake
    यहाँस्थित पर्यटन कार्यालयका अनुसार एकवर्षको अवधिमा २३ वटा नयाँ होटल पोखरामा मात्र थपिएका छन्। नयाँ होटलसँगै तीनसय बढि कोठा बढेका छन्। तीनसय कोठा थपिँदा करिब ३० करोड रुपैयाँ लागत थपिएको पर्यटन व्यवसायीले बताएका छन्। अघिल्लो वर्ष पोखरामा १९ वटा नयाँ होटलले संचालन अनुमति लिएका थिए।

    पर्यटन क्षेत्रमा आकर्षण बढिरहेसँगै लगानी थपिने क्रम बढेको पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष भरतराज पराजुलीले बताए। 'पछिल्लो समय लगानी थपिने क्रम निकै नै बढेको छ। एकवर्षको अवधिमा करिब दुईदर्जन नयाँ होटल बढ्नुले पनि यो पुष्टि हुन्छ' उनले भने, 'नयाँ होटल बढ्नेबाहेक पुरानाले पनि क्षमता बढाएका छन्। क्षमता बढाउने होटल पनि थुप्रै छन्।'

    Budget Accommodation in Pokhara
    पराजुलीका अनुसार अनुसार अहिलेसम्म संघका करिब ४ सय होटल आवद्ध छन्। ती होटलमा करिब ७ हजार कोठा र १४ हजार बेड रहेको उनले बताए। पोखराको पर्यटन क्षेत्रमा मात्र अहिलेसम्म करिब ७५ अर्ब रुपैयाँ लगानी रहेको व्यवसायीको अनुमान रहेको छ। 'पोखरामा पछिल्लो समय आन्तरिक पर्यटक बढेकोले पनि होटल थप्न व्यवसायीलाई प्रोत्साहन मिलेको छ' उनले भने, 'पर्यटक आगमन सकारात्मक हुँदै जाने संकेत देखिएको छ। यसले व्यवसायीलाई उत्साहि बनाएको छ।'

    Tiger Mountain Lodge Hotel Pokhara
    Tiger Mountain Lodge Pokhara


    वर्षेनी धेरै होटल थपिएपनि पोखरामा अझै केहि ठुला होटलको आवश्यकता रहेको पराजुलीले बताए। 'ठुला होटलको आवश्यकता अझै छ। 'स्विट' रुम खोज्दा पाहुनाले भनेको बेला नपाउने अवस्था छ' उनले भने, 'त्यसका लागि ठुलो लगानी भित्रिनु जरुरी छ।' अहिलेसम्म पोखरामा पाँचतारे होटल २ वटा रहेकोमा अझै केहि ठुला होटलको आवश्यकता रहेको उनले बताए। पोखरामा फूलबारी र पोखरा ग्राण्ड मात्र पाँचतारे होटल हुन्।

    पर्यटन क्षेत्रमा नोक्सान छैन भन्ने सन्देशले पनि वर्षेनी होटल थपिएको पर्यटन कार्यालय पोखराका प्रमुख ख्यामबहादुर थापाले बताए। 'पर्यटन क्षेत्रमा लगानी गरेपछि नोक्सान हुँदैन भन्ने मानसिकता छ। व्यवसायीले नोक्सान व्यहोर्नुपरेको पनि छैन' उनले भने, 'यसले पनि व्यवसायीलाई प्रोत्साहन मिलेको हो।' उनले पोखरामा मात्र नभई आसपासका ग्रामिण भेगका पर्यटकीय क्षेत्रमा पनि प्रयाप्त होटल थपिने क्रम रहेको बताए।

    Landmark Hotel Pokhara
    Landmark Hotel Pokhara


    एकवर्षको अवधिमा दुईदर्जन होटल थपिनुले नेपालको पर्यटन बजार फस्टाउँदै गएको बुझिने उनले बताए। 'हरेक वर्ष होटल थपिएको थपियै छन्। टे्रकिङ, ट्राभल हुन् वा होटल रेस्टुरेन्ट सबै क्षेत्र अहिले फस्टाएको छ' उनले भने, 'नयाँ बन्ने बाहेक पुराना होटलको क्षमता बढाउने कामले पनि तिब्रता पाएको छ। होटल बढ्दै जाँदा लगानी त थपिएको छ नै रोजगार पनि सिर्जना भएको छ।'

    पोखरामा देशी तथा विदेशी पर्यटकको आगमन बढ्दै जाँदा लगानी थपिएको उनले बताए। 'अहिले स्वदेशी पर्यटकले यहाँका व्यवसायीलाई निकै नै राहत दिलाएका छन्' थापाले भने, 'केहिवर्षअघिसम्म पोखरामा आन्तरिक पर्यटकले खासै महत्व पाउँदैनथे। तर पछिल्ला केहि वर्षदेखि निकै नै आगमन बढेको छ।' प्रयाप्त मात्रामा आन्तरिक पर्यटक भित्रयाउन सक्ने हो भने व्यवसायीले अझै मुनाफा लिन सक्छन्' उनले भने।

    होटलमा लगानी थपिरहेका पर्यटन व्यवसायी पनि पर्यटन क्षेत्रमा सकारात्मक संकेत मिलेपछि होटल थप्न प्रोत्साहन मिलेको बताउँछन्। कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा होटल बनाईरहेका पर्यटन व्यवसायी किसम गुरुङ पर्यटन क्षेत्रबाट आम्दानीको संकेत मिलेपछि होटल बनाएको बताउँछन्। 'मैले केहिवर्षदेखि ९ कोठाको होटल चलाएको थिए। तर अहिले सिजनका बेला अपुग हुने भयो। त्यसैले कोठा थप्न बाध्य भए' उनले भने, 'पोखरामा मात्र नभई ग्रामिण क्षेत्रमा पनि अहिले पर्यटक पुग्छन्। पदमार्गमा त झनै जान्छन्। चलाईरहेको होटलले पाहुना थेग्न सकेन। त्यसैले क्षमता बढाए।'

    गुरुङले अहिले होटलको क्षमता बढाएर १८ कोठाको पुर्याेएका छन्। ग्रामिण क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक प्रसस्त पुग्न थालेकोले पनि क्षमता बढाउन आफु बाध्यकारी भएको उनले बताए। 'पछिल्लो समय आन्तरिक पर्यटक निकै नै आउन थालेका छन्। ट्रेकिङ जाने स्वदेशी पनि प्रसस्त हुन थालेका छन्' उनले भने, 'त्यसैले बाध्य भएर होटलमा कोठा थपे।' आन्तरिक पर्यटकबाट व्यवसायीले प्रसस्त लाभ लिन सकेको उनले बताए।

    - समाचार: नागरिक
    • Blogger Comments
    • Facebook Comments

    1 comments:

    1. Paragliding in NepalNepal forms a rectangle on the southern slopes of the Himalaya and is without exception, the most stunning country imaginable. The main area for paragliding is the Pokhara valley, commanding views of 3 of the worlds 8000m peaks with friendly and constant conditions for your paragliding holiday.

      http://vaishalitravels.com.np/Adventure-Activities/paragliding-in-nepal.html

      ReplyDelete

    Item Reviewed: पोखरामा एकवर्षमा २३ नयाँ होटल थपिए Rating: 5 Reviewed By: SEO Expert in Nepal